बैंकहरुको १९ प्रतिशतसम्म ब्याजले गर्दा सहकारीलाई सकस पर्यो ः अध्यक्ष उप्रेती


काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले नेपाल सहकारी पत्रकार समाज सिजेएनको १२औं वार्षिक साधारणसभामा बोल्दै उनले बैंकहरुले ऋणीबाट १८।१९ प्रतिशत ब्याज लिइरहेको बताएका हुन् । उनले बैंकहरुले कर्जाको ब्याजदर बढी भएपनि ऋण नै नपाइएको बताएका छन् । ‘अहिले ऋणको ब्याज ह्वात्तै बढेको छ, बैंकहरुले कर्जाको ब्याजदर १८।१९ प्रतिशत पुर्याएका छन्, ब्याज बढी भएपनि कर्जा पाइँदैन, ऋण स्वीकृत भएपनि पैसा पाइँदैन ।
यस्तै, उनले सहकारीमा देखिएको समस्या सहकारीको कारण मात्र नभएको बताए । उनले सहकारीमा देखिएको समस्या समाधान गर्नका लागि सबै निकायहरु लाग्नु पर्ने धारणा राखे । सहकारीलाई यो अवस्थाबाट माथि उकास्नु पर्ने अहिलेको चुनौति रहेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *