भक्तपुर बचत संघद्वारा वित्तीय व्यवस्थापन तालिमको आयोजना


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिको संस्थागत विकास उपसमितिको आयोजनामा वित्तीय व्यवस्थापन तालिम भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको तालिम हलमा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले हाल सहकारी संस्थामा वित्तीय अनुशासन परिपालनाको अभावले समस्या देखिएको बाताए । वित्तीय व्यवस्थापनको ज्ञानको अभावमा सहकारी समस्यामा पर्ने भएकोले सहकारीका संचालक तथा व्यवस्थापनले वित्तीय व्यवस्थापनको ज्ञान हुन अति जरुरी रहेको आवश्यकता उनले औल्याए । संघले मुख्यतया शिक्षा तालिम, लविङ र अन्तरलगानी सेवालाई निरन्तर जोड दिदैं आएको सोही अनुसार सदस्य संस्थाको वित्तीय व्यवस्थापनमा टेवा पु¥याउने उद्देश्यले तालिमको संचालन गरेको बताए । संघका सचिव एंव उपसमितिका संयोजक जगनाथ प्रजापतिले तालिमले सहकरी वित्तीय व्यवस्थापनका लागि सहयोग गर्ने विश्वास राख्दै सिके कुराहरु व्यवहारमा प्रयोग गरे मात्र तालिमले सार्थकता पाउने जनाए । संघका व्यवस्थापक बालकृष्ण धोजुले वित्तीय व्यवस्थापन गर्न नजाँदा सहकारीमा तरलता सकसको चपेटा रहेको बताए । साथै सहकारी संचालन प्रक्रियाबारे सदस्यलाई शिक्षित गर्न नसक्सदा सहकारीको नकारात्मक सन्देशले सहकारीमा वित्तीय व्यवस्थापनमा चुनौती थपेको उल्लेख गरे ।  वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले तालिमको पहिलो दिन वित्तीय व्यवस्थापन अन्र्तगत वासलात व्यवस्थापनको बारेमा सहजिकरण गरेका थिए । तालिमको दोस्रो दिन सहजकर्ता कृष्णप्रसाद आचार्यले सहकारीको आय व्यय व्यवस्थापनको बारेमा सहजिकरण गरेको थिए। उनले भक्तपुर जिल्ला सहकारी अभियानको नमुना जिल्ला रहेको बताउदै संघले निरन्तर शिक्षा तालिमले सहकारीको सुद्धिकरण अभियानलाई टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
संघमा आबद्ध संस्थाहरुमध्ये २२ जनाको सहभागिता रहेको सो तालिममा सहभागी सिता पाण्डे र दिपक श्रेष्ठद्धयले तालिम निकै प्रभावकारी रहेको बताउदै तालिमबाट सहकारीको सम्पत्ती दायित्व व्यवस्थापन देखि व्याजदर निर्धारण, बेस रेट क्यालकुलेशन लगायतको व्यवहारिक र उपयोगी बिषयमा सिक्न पाएँकोमा खुशी व्यक्त गरे । तालिम समापन कार्यक्रमको संचालन संघका कर्मचारी श्रृजना तमखुले गरेकी थिईन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *