शौर्य सिमेन्टले एकै वर्ष गर्‍यो साढे ७ अर्बको व्यापार


काठमाडौं । नेपालका तीनवटा व्यवसायिक घरानाको लगानी शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको शौर्य उद्योगले सन् २०२२ मा ७ अर्ब ४३ करोड रुपैयाँ अपरिष्कृतको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । कम्पनी सन् २०१७ मा दर्ता भएको थियो भने सन् २०२१ देखि व्यापार गर्न शुरु गरेको थियो । दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने कम्पनीका अध्यक्ष सुलभ अग्रवाल हुन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १५ अर्ब १५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसका कम्पनीले दीर्घकालीन कर्जाका लागि ११ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ अर्थात् ट्रपल बी र अल्पकालीन कर्जाका लागि ३ अर्ब ७० करोड ५९ लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ । सिराहाको मिर्चैया क्षेत्रमा उद्योगबाट उत्पादन भएको सिमेन्ट अधिकांश पूर्व–पश्चिमका अधिकांश शहरहरुमा उपलब्ध छ । कम्पनी अनुसार सन् २०२२ मा बिक्री भएको सिमेन्टमध्ये ६५ प्रतिशत सिमेन्ट पूर्व–पश्चिमका क्षेत्रमा बिक्री भएको छ । देशभर कम्पनीको ८० वटा विक्रेता र १८ सयभन्दा बढी डिलर छन् । कम्पनीले क्लिङ्करसँगै ग्रान्डिङ सिमेन्ट ‘शौर्य’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *