चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीले उम्मेदवारी दिने


काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाएकी हुन् । आफू निर्वाचित भए संघलाई क्रियाशील र रचनात्मक बनाउने उनको एजेण्डा छ । चलचित्र क्षेत्रमा आफ्नो २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको भनाइ छ । अध्यक्षको जिम्मेवारी पाएपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको प्रगतिको लागि लाग्ने उनले उल्लेख गरेकी छन् । कलाकार संघको आसन्न महाधिवेशनमा अभिनेता सविन श्रेष्ठले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान प्रवक्ता मोहन निरौलाले पनि उम्मेदवारी दिने चर्चा छ तर आधिकारिक रुपमा उनले यसबारे बोलिसकेका छैनन् । डीबी बम्जनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । कतिपयले सर्वसम्मत अध्यक्ष बनाउन प्रयास गरिरहे पनि कलाकारको संघको यसपटकको चुनावमा मतदान हुने सम्भावना बलियो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *