शिवम् सिमेन्टको उपहार योजनाको पहिलो चरणको लक्की ड्र सम्पन्न


काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना गरी ७० जना विजेताहरुको नाम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले मंसिरदेखि देशभर “शिवम्सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशीको उपहार योजना सञ्चालन गरेको थियो । जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी २ सय देखि ५ सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाएको थियो । यस योजनामा छोटो समयमै ग्राहकहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीको भनाइ छ । पहिलो लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्सनका दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन् ।
दोस्रो पुरस्कार अन्तर्गत सुदीप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *