माछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । माछापुच्छ्रे बैंकको  २४ औं वार्षिक साधारणसभाले संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
यस्तै, सभाले बैंकको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।८० को लागि एसएआर एशोसिएट्स लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । बैंकले आ. व २०७८।७९ मा १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुल निक्षेप १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा १३१.२७ अर्ब पुगेको छ । गत आ.व बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्धि गरी २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *