सोलार फार्मको आईपीओ निष्कासन बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


काठमाडौं । सोलार फार्म लिमिटेडले निष्कासन गर्न लागेको प्राथमिक सेयर आईपीओ बिक्री प्रबन्धमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । प्रतिसेयर १०० रूपैयाँ अंकित दरको २० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणमा निष्कासन गर्नका लागि क्यापिटलसँग सम्झौता भएको हो । उक्त सम्झौता—पत्रमा सोलार फार्मका अध्यक्ष आशबहादुर गुरुङ्ग र कुमारी क्यापिटलका कायममुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । सोलार फार्म लिमिटेडको अधिकृत पुँजी ६५ करोड रूपैयाँ, जारी पुँजी. ६५ करोड रूपैयाँ र चुक्तापुँजी ४५ करोड रूपैयाँ रहेको छ ।
सोलरबाट विद्युत उत्पादन गर्ने पहिलो संस्थाको रूपमा सन् २०१७ मा स्थापित कम्पनी हो । सोलार फार्मले ५ मेगावाट क्षमताको सोलारबाट विद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं. ५ बेलचौतारामा अवस्थित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *