एनआईबिएल ग्रोथ फण्डको इकाई बाँडफाँट


काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल ग्रोथ फण्ड’को इकाई बाँडफाँट भएको छ ।े इकाईमा ४२ हजार ६० आवेदकहरु मार्फत ९ करोड ९३ लाख ६७ हजार ९ सय इकाईका लागि आवेदन गरेको थियो । जसमा रितपूर्वक आवेदन दिएका सबै आवेदकले माग इकाई हात पारेका छन् । प्रति इकाई १० रुपैयाँका दरले १६ करोड इकाई निष्कसन गरेको थियो । पुस ७ गतेदेखि २१ गतेसम्म निष्कासन गरेको इकाईको बाँडफाँट भएको छ । उक्त इकाईमा १६ करोड मध्ये १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल र ३ करोड ४ लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका लागि छुट्याईएको थियो । निष्काशन गरिएको इकाई मध्ये ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *