सूचना प्रविधिलाई नागरिकको सहज पहुँचमा पुर्‍याउनु मेरो प्रथामिकताः मन्त्री शर्मा


काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई नागरिकको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा नागरिकको सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन । उनले सार्वजनिक सङ्घ–संस्थानहरूलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन। सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनको भनाइ छ ।
उनले भनिन् , ‘सूचना, सञ्चार र प्रविधिमा नागरिकको सहज पहुँच पुर्‍याउने कुरा पहिलो प्राथमिकता । हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक सङ्घ–संस्थानमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ ।मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना, प्रविधि सहज र सुलभ ढङ्गले पुग्नुपर्नेमा जोड दिए । उनले सबै काम प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गर्नुभयो । सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडि बढाउने पनि उनले बताइन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *