न्युजिल्याण्डको प्रधानमन्त्री जसिन्डाले आउँदो महिना राजीनामा दिने

काठमाडौं । न्युजिल्याण्डको प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले नेतृत्व गर्नका लागि आफूसँग पर्याप्तता नभएको बताएकी छन् ।

राजीनामा दिने उद्घोषसँगै आर्डनले पदीय जिम्मेवारीमा ६ वटा ‘चुनौतीपूर्ण’ वर्षहरूले पारेको प्रभावबारे पनि विस्तृतरूपमा बताएकी बीबीसीले लेखेको छ । उनले फेब्रुअरी ७ पछि लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन् । उनको प्रतिस्थापनका लागि आगामी दिनमा मतदान हुनेछ । न्युजिल्याण्डमा १४ अक्टोबरमा आम निर्वाचन हुँदैछ ।

४२ वर्षीया आर्डर्नले भन्की छन्, ‘मैले आशा गरेको थिएँ कि मैले त्यो अवधिमा गर्न आवश्यक पर्ने कुराहरू फेला पार्न सक्छु । तर, दुर्भाग्यवश मैले पाइनँ । र, अब पदमा बहाल रहँदा म न्युजिल्याण्डलाई अपमान गर्दै हुनेछु ।’ सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् । र, एक वर्षपछि उनी कार्यालयमा रहँदा बच्चा जन्माउने दोस्रो विश्व नेता बनिन् ।

ओपिनियन पोल अनुसार उनको घरेलु लोकप्रियता हालका महिनाहरूमा ओरालो लागेको छ । तर, आर्डर्नले लेबरले चुनाव जित्न नसक्ने विश्वास गरेकोले आफूले राजीनामा नगरेको बरु त्यो चुनौतीको लागि काँधको नयाँ सेट चाहिएको बताएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *