सूर्य ज्योतिले बाँड्यो विपन्न परिवारलाई न्यानो कपडा


काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न भागमा न्यानो कपडा वितरण गरेको छ । ‘सूर्य ज्योतिको न्यानोपन’ अभियान सञ्चालन गर्दै सूर्य ज्योतिले गरिब तथा विपन्न परिवारलाई कम्बल तथा न्याने कपडा वितरण गरेको जनाएको छ । देशैभर असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई न्यानो कपडा वितरण गरेको कम्पनीले जनाएको छ । नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा न्यानो कपडा वितरण गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य र सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापा सहभागी थिए । कम्पनीले गुल्मीमा बौद्धिक,बहिरा अपाङ्गता भएका विधार्थीलाई न्यानो कपडा वितरण गरेको छ । यस्तै माझीगाँउ बलिथुमका विपन्न परिवारहरुलाई पनि न्यानो कपडा वितरण गरिएको कम्पनीले बताएको छ । अभियान अन्तर्गत लक्ष्मिनिया गाउँपालिका, जलेश्वर, लाहान र वीरगञ्जमा पनि कम्बल वितरण कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । जाडोबाट बच्नका लागि कम्बल तथा कपडा बितरण अभियान सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *