नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बनाउने क्यानको तयारी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो । भारतीय प्रशिक्षक देसाई यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेपनि , उनलाई क्यानले मुख्य प्रशिक्षकको जिम्मेवारीमा राखेको थिएन ।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो । देसाईसंग सन् २०१८ मा अफगानिस्तानको प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव रहेको छ । उनले सन् २०१९ को अक्टोबरमा युएईको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनी सोही सयमा क्यानडाको प्रशिक्षक समेत रहेका थिए ।

सन् २०१७ मा नेपाली यू–१९ टोलीले यू–१९ एसिया कपमा देसाई नेपालका ब्याटिङ सल्लाहकार समेत रहेकालेनेपाली टोलीको खस्किँदो ब्याटिङ सुधारका लागि उनको आवश्यक क्यानलदाई आवश्यक रहेको मानेको छ । क्यानका प्रवन्धक बृतान्त खनालले प्राविधिक समितिले बोर्डलाई देसाईको नाम सिफारिस गरेको र दुई दिनमा उनलाई नियुक्ति गरिने समेत जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *