विश्वासको मत प्रधानमन्त्रीलाई दिएर गल्ती गरेको शेखर कोइरालाको दावी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् ।

संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको उल्लेख गरेका छन् ।

आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको समेत उनले उल्लेख गरेका छन् ।

उनले भने,‘‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिनुपर्नेमा विश्वासको मत दिएर गल्ती भयो । तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेपनि कार्य सम्पादन समितिमा सो मागको सुनवाइ नै भएन ।’ बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।

पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयका वारे छलफलका लागि कोइरालापक्षको बैडक बत्तीसपुतलीमा जारी रहको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *