माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चयकोष भवन लगनखेलमा


काठमाण्डौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो । कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भए सगैँ बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन् ।
बैंकले देशका हरेक बर्ग तथा समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्ने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *