नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँ एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्रवक्ता जगन्नाथ निरौलाका अनुसार निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको छ । ‘विमानस्थलमा अवतरण गर्दा त्यहाँको एटीसीको नियम पालना गर्नुपर्ने भएपनि नियमको उल्लङघन गरेको निर्देशन पाएपछि कार्बाही गर्ने निर्देशन दिएको हो । उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई प्राधिकरणले कारबाहीको निर्देशन दिएको हो ।

प्राधिकरणले दिएको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्ने बताएको छ ।, प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *