माँ बगलामुखी साकोसको २ दिने अर्धवार्षिक समिक्षा बैठक सम्पन्न


ललितपुर । ललितपुरमा उत्कृष्ट ब्यबस्थापनका साथ सञ्चालित माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाको २ दिने अर्धवार्षिक समिक्षा बैठक सुकुटेमा सहकारीको संचालक समिति, लेखा समिति, ऋण उपसमिति र सम्पूर्ण कर्मचारीको उपस्थितिमा सम्पन्न भएको छ । छोटो अवधिमा सहकारिको शेयर पुंजि ३ करोड ५० लाख पुर्‍याई सहकारिको बचत तथा मुनाफामा उल्लेख्य वृद्धि गर्न मद्दत गर्ने सम्पूर्ण सदस्यहरुलाई संस्थाका अध्यक्ष लक्ष्मण महर्जनले धन्यवाद व्यक्त गरे ।
साथै संस्थाले गत बर्ष निर्माण गरेको त्रिबर्षिय योजना अनुरुप आफ्नो लक्ष्य हासिल गर्न योजनाबद्ध तरिकाले कार्य गर्ने र गर्नलाई सहयोग गर्ने सहकारीको संचालक समिति, लेखा समिति, ऋण उपसमिति र सल्लाहकार वर्ग एवं सम्पूर्ण कर्मचारीहरुलाई विशेष धन्यवाद व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *