आईएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनिले आर्थिक वर्ष आव २०७८।७९ मा १ अर्ब ७७ करोड १६ लाख बीमा शुल्क आर्जन गरेको जानकारी दिएको छ । आव २०७७।७८को तुलनामा १६.४७ प्रतिशत बढी हो । चालु आव २०७९।८० को पुस मसान्तसम्म कम्पनीले ९० करोड २५ लाख बीमा शुल्क आर्जन गरिसकेको अध्यक्ष हेमराज ढकालले जानकारी दिए । कार्यक्रममा उनले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए । कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको जानकारी अध्यक्ष ढकालले गराएका थिए । निर्माण सम्पन्न भएपश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने उनको भनाइ छ ।

कम्पनीले ७ वटै प्रदेश र अनलाइनको माध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गरिरहेको जनाएको छ । आईजीआई हेल्थप्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आवमा उल्लेख्य सेवा प्रदान गर्दै आएको कम्पनीले‍ जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पुर्‍याउने हेतुले ७ वटै प्रदेशबाट बीमा सेवा प्रदान गर्दै आइरहेको बताए । बीमा अर्थतन्त्रको एक उत्कृष्ट हिस्सा बनिरहेको भन्दै उनले नियमनकारी निकायको निर्देशनसहित लघु बीमा, कृषि तथा पशु बीमालगायत पारिवारिक स्वस्थ्य बीमालाई अगाडि बढाइने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *