प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डसित छलफल गर्न ओली मंगलबार बालुवाटार पुगेका हुन् । सत्ता गठबन्धनका यी प्रमुख दुई दलका नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय एमालेबाहेक वामदलको एकीकरणको प्रक्रिया अघि बढेको विषय चर्चामा छ । राष्ट्रपति पदको निर्वाचनको विषय पनि चर्चामा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *