राष्ट्रपतिबारे कांग्रेसमा आन्तरिक छलफलले तिव्रता पाउदैँ

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर छलफलमा तिव्रता दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका सन्दर्भमा आन्तरिक छलफललाई तीव्रता दिएका हुन । कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीतीमा आन्तरिक छलफमा जुटेको छ ।

पार्टीको आन्तरिक मतभेदलाई थाँती राखेर कांग्रेस सभापति देउवाले रणनीतिक छलफल अगाडि बढाएका छन् । राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष नेताको बैठक बोलाएको एक पदाधिकारीले जनाकारी दिए । भोलिको बैठकमा केन्द्रीय कार्यसमिति बैठकका सन्दर्भमा पनि छलफल हुने उनले जानकारी दिए ।

। पहिलो पटक पुस २२ गतेका लागि बोलाएको बैठक पुस २८ गतेका लागि सारिएको थियो । उक्त मितिमा पनि बैठक बस्न नसकेपछि माघ १५ गते बैठक केन्द्रीय समिति बैठकको कार्यतालिका सार्वजनिक भएको हो ।

बैठक बोलाउँदा समसामयिक राजनीति, आम निर्वाचनको समीक्षा र विधि विषयलाई कांग्रेसले छलफलको एजेन्डा तय गरेको छ । नेपाली कांग्रेसले भोली बुघवारका लागि बैठकको तालिका निश्चित गरेको छ । भोेली बस्ने बैठकमा विविध विषयमा छलफल हुने कांग्रेसका एक नेताले बताए । राष्टपतिको निर्वाचन माघ महिनाभित्र गर्ने विषयको हल्ला चलेकाले पनि नेपाली कांग्रेसले सो विषयका वारेमा छलफल तिव्रगतिमा गर्ने लगायतका एजेन्डामाथी छलफल गर्ने तयारी गरेको छ । कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले संविधान र ऐनका प्रावधान बाझिएको बहानामा सरकारले राष्ट्रपति निर्वाचन टार्न खोजेको ठहर समेत गरेकोे थियो ।

निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने सङ्केत गरेको छ । राष्ट्रपतिको निर्वाचन माघभित्रै गर्न निर्वाचन आयोगको लिखित ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ । साथै राष्ट्रपतिमा सत्ता गठबन्धनको समर्थन जुटाउन विश्वासको वातावरण बनाउन कांग्रेसको लागिपरेको छ । यसैका लागि नेता शेखर कोइराला समूहको गुटगत बैठक स्थगित गरेको छ ।

आइतबार बसेको कोइराला समूहको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको धारणा राखेपछि सभापति देउवाले सोमबार शीर्ष नेतालाई छलफलमा बोलाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *