होन्डा साइन र ग्राजिया बाइकमा आकर्षक उपहार


काठमाडौं । होन्डा टु व्हिलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा साइन र होन्डा ग्राजिया बाइकमा दुई आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले अर्डर गरे अनुसार होन्डा साइनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउने कम्पनीले जनाएको छ । यदि उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन् ।
यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ । होन्डा ग्राजियाको योजनामा, नयाँ होन्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल १ रुपैयाँमा ३ वर्षका लागि सर्भिसिङ र स्पेयर पार्टस्को लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *