छोरीको विवाहमा जीवन बीमा उपहार


काठमाण्डौं । सुनसरी निवासी कमला राईले विवाहमा आफ्नी छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना उपहार दिएका छिन् । आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताए । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुन् । ‘समाज परिवर्तन आफैबाट हुनुपर्छ, उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भने । धरान शाखा प्रमुख राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत नचाहिने र भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *