मेटलाइफ नेपाल र एनसीएचएलबिच सम्झौता


काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । मेटलाइफले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि एनसीएचएलसँग सम्झौता गरेको हो । एनसीएचएलको नेटवर्कमा धेरै बैंक वित्तीय संस्थाहरु आवद्ध भएकाले उक्त सम्झौता पश्चात मेटलाइफका ग्राहकलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप सहज हुने कम्पनीले बताएको छ । त्यसैगरी, मेटलाइफ नेपालले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछ । सम्झौतापत्रमा मेटलाइफका तर्फबाट संस्थाका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनपिआई अन्तर्गत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् । यस्तै, अन्य भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्टर प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *