सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण


काठमाडौं । सूर्य नेपालले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद्, व्यवस्थापन तालिम शिक्षालयमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । उक्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरुको उद्धारका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालयका प्रमुख एएसपी अन्जनी कुमार पोख्रेललाई कम्पनीका रवि केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *