गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि अन्तिम सुनुवाइ हुँदै


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतमा आज बुधबारदेखि अन्तिम सुनुवाइ हुदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको भन्ने बारेको विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । बुधबारदेखि सुरु हुने सुनुवाइ टुंगिएपछि सर्वोच्च अदालतले कि त लामिछानेले नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्ने ठहर गर्दै उनको सांसद र मन्त्री पद खारेज गर्छ ।लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए । नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनी उनको सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको थियो । ‘लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उनको पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने रिट निवेदकको दावी छ । गृहमन्त्री लामिछानेले भने आफूले नागरिकता परित्याग नगरेको दावी गरेका छन् । । लामिछानेले विस २०५० मा फागुन १० जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका थिए । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा ‘नेपालीले आपूm खुशी विदेशी नागरिकता प्राप्त गरेपछि उसको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ । दफा १० १ मा आफूखुसी विदेशको नागरिकता लिएमा नेपाली नागरिकता कायम रहने छैन भन्ने व्यवस्था छ भने दफा १० २ नेपाली नागरिकता त्याग्न निवेदन दिएमा त्यही दिनदेखि नागरिकता कायम नरहने अर्को व्यवस्था छ ।
दफा १० १ मा नागरिकता कायम नरहने प्रावधान राखिएको छ ।लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता प्राप्तिका लागि पहल गर्नुपर्नेमा त्यो उनले गरेनन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *