सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन सम्पन्न


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिइएको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिब र कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने करिब ३ सय जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष तालिम दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले कार्यक्रमबाट सहभागीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत ज्ञान हसिल गर्न सफल भएको बताए । साथै सीप तथा प्रविधि मैत्री तालिमबाट कर्मचारीहरु उत्साहित र थप ऊर्जावान बनेको उनले बताए । कार्यक्रममा कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले कर्मचारीको प्रगति र हितका लागि सञ्चालक समिति सकारात्मक रहेको भन्दै मेहनत र लगनशील भएर काम गर्न आग्रह गरे । कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पुर्‍याउने ४८ जना कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *