ग्लोबल आइएमईको ६३ औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा


काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा ६३ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने लगायत सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *