नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा पाण्डे


काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा सिद्धान्तराज पाण्डे चुनिएका छन् । संघको पहिलो वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष पाण्डेले बिजनेश अक्सिजन बीओरबाट प्रतिनिधित्व गरेका छन् । यसैगरी संघको सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली, डोल्मा इम्प्याक्ट फण्डका तर्फबाट विद्यावारिधि सिग्देल र ट्रू नर्थ एसोसिएट्सका तर्फबाट निधान श्रेष्ठ चयन भएका छन् । हाल संघका विभिन्न विभिन्न १३ वटा प्राइभेट इक्विटी एण्ड भेञ्चर क्यापिटल आवद्ध छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *