प्राथमिक तह पाठ्यपुस्तक छपाईको जिम्मा अब निजी क्षेत्रले पाउने

काठमाडौं । आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा यसअघि निजी क्षेत्रलाई दिइएको थियो । तर अबका भावि दिनमा शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्कत छपाईको जिम्मा निजी क्षेत्रले पाउने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले मन्त्रालयको निर्णयलाई आधार मानेर सुचना सार्वजनिक गरेको छ । निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै केन्द्रले सूचना जारी गरेको हो । निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी विक्री वितरण गर्नुपर्ने बताइएको छ ।

केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्ने भएको छ । तर यसअघि सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो ।

तोकिएको समयमा नै विधार्थीहरु माझमा पुस्तक पु¥याउने उदेश्यले यो वर्ष भने नयाँ नीति तयार गरेको हो । विगतका वर्षहरुमा समयमा नै विधालयमा पाठ्यपुस्तक पु¥याउन नसकिएको थिएन गत कात्तिकमा कक्षा १–३ सम्मको छपाईको जिम्मा निजीलाई दिनेगरी प्रस्ताव केन्द्रले मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले त्यसलाई फिर्ता पठाइदिएको थियो । त्यसपछि केन्द्रले कक्षा १–५ सम्म नै छपाइको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव पुनः मन्त्रालयमा पठाएको थियो । सोही आधारमा मन्त्रालयले कक्षा ५ सम्मको छपाईको जिम्मा निजीलाई दिने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *