शिक्षामन्त्रीको पुत्ला अनेरास्ववियूले जलायो


काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णयका कारण शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेका छन् ।
प्रदर्शनी मार्गस्थित रत्न राज्य आरआर क्याम्पस अगाडि आज बिहान अनेरास्ववियूका विद्यार्थी नेताहरूले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।उनीहरूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *