फिल्म ‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा साम्राज्ञी हट अवतारमा


काठमाडौं । फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ । यो क्लब ट्रयाकमा अभिनेत्री साम्राज्ञी शाह रोमान्टिक र हट अवतारमा प्रस्तुत भएकी छन् । युग भुषालको शब्द र संगीत रहेको गीतमा थोम्स एन्ड्रियूजको स्वर समावेश छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । माघ २० गतेदेखि प्रदर्शन हुन लागेको फिल्मलाई कपिल रिजालले निर्देशन गर्न लागेका हुन् । साम्राज्ञीसहित जितु नेपाल र विजय बरालको समेत प्रमुख अभिनय छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *