माछापुच्छ्रे बैंकद्वारा उदयपुरका विद्यार्थीलाई स्वेटर वितरण


काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लास्थित सिद्धवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको हो । सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकालाई २६५ थान स्वेटर वितरण गरेको हो । यसैगरि बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *