प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरूबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नागरिकता प्रकरणमा गृहमन्त्रीबाट पदमुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन् ।

विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन प्राप्तिका लागि आवश्यक प्रक्रिया नपुगेको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेजको आदेश जारी गरेसँगै उनको सभापति र उपप्रधान एवं गृहमन्त्री पद गुमेको थियो ।

प्रधानमन्त्री प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई गृह मन्त्रालयमा दोहोर्याउन आनाकानी गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

यहीबीच सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएकाे हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *