प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्की भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै प्रचण्ले मुख्यमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् । नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *