फक्सवागन गाडीको एक्सचेन्ज अफर सुरु


काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल फक्सवागनले ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ । यो एक्सचेन्ज योजना माघ १८ गते बुधबारदेखि सुरु भएको कम्पनीले जानकारी दिएको छ । यस योजनामा ग्राहकले आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने भन्दा राम्रो मूल्य दिईने कम्पनीले बताएको छ । यसका साथै, योजना अवधिभर ग्राहकहरुले फ्रि एक्सेसरिज, विशेष लोयल्टी बोनस र ३ जना ग्राहकहरुले लक्जरी रिसोर्टमा स्टेकेसन पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । हाल नेपालमा फक्सवागनका पोलो, ताइगुन, अलस्पेस र टउरेग भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । फक्सवागनको गाडीहरुमा २ वर्षको अनलिमिटेड केएम वारेन्टी, प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी रहेको छ । कम्पनीको अनुसार यसका गाडीहरु एक वर्ष वा १५ हजार किलोमिटर दौडेपछि सर्भिसिङ गर्दा हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *