रवि लामिछानेको पद खारेज भएको सूचना सदनलाई सभामुख घिमिरेले गराए जानकारी

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराएका हुन् ।

सर्वोच्च अदालतको पत्रको चलानी नम्बर २७४०६, मुद्दा नम्बर ०७९ डब्ल्यु सी ००३५ को मिति २०७९ माघ १५ गते, युवराज पौडेल निवेदक रिट दायर गरेका थिए । रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि पुनः कानुनबमोजिम प्रक्रिया पुरा नगरि प्रतिनिधीसभा सदष्य निर्वाचनमा क्षेत्र न. २ बाट निर्वाचित भएकाकाले प्रनिनिधी सभा दस्य रहन उचित नभएको बताएका छन् । सांसद पदमा निर्वाचित भएपश्चात सर्वोच्चको आदेशपश्चात पुनः नेपाली नागरिकता लिए पनि पहिल्यै ध्यान नपुर्‍याएकाले सांसदपदमा रहन उचित नभएको भन्दै सांसद पद खारेज गरेको थियो ।

चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएपछि उम्मेदवार भई निर्वाचित भएको देखिएकोले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय सभामुखले सदनमा सुनाएका छन् ।

नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको बैठक आजका लागि स्थगित भएर माघ २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *