सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बदलिएको छैन : सांसद बलायर

काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘भोगाधिकार किन रोकिएको हो ? सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन सकेन ।’

उनले सुदूरपश्चिमको मेडिकल कलेजमा घाँस उम्रिएको भए पनि सञ्चालनका लागि ठोस् पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण अझै नबदलिएको बताए ।

संविधानमा हस्ताक्षर गर्ने सबैको कर्तव्य यसको रक्षा गर्नुभएको उनको भनाइ थियो । नेता बलायरले व्यवसायी पीडित हुने, बैंक नाफामा जाने अवस्थाको अन्त्य हुनुपर्ने, थारुका समस्या समाधान हुनुपर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *