नर्भिक इन्टरनेशनलमा सुगरका बिरामीले निःशुल्क जाँच सेवा पाउने


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह सुगरका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ । सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा . मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् । नर्भिक अस्पतालले बेला बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *