एन्फा बैठकमा विवाद, संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिमा चर्को विवाद सिर्जना भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहालको अवस्था भएको स्रोतले जनाएको छ । विवादका कारण टेबलको सिसा समेत फुटेर केही क्षेति समेत बन्न पुगेको छ ।

२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग राखेका थिए तर विषयमा अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डामा नराख्ने निर्णय गरेपछि कार्यसमितिको बुधबार सुरु भएको बैठकमा नेम्वाङले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर यसलाई एजेण्डामा समावेश नगरेको उनको भनाइ छ ।

असन्तुष्ट पक्ष सहमत नभएका कारण उपाध्यक्षद्वय दीर्घबहादुर केसी र दावा लामा लगायतका बीचमा भनाभन समेत चलेको थियो । एक जनाले टेबल ठोक्दा सिसा नै फुटेको छ । ‘झण्डै हात हालाहालको अवस्था सिर्जना भएको स्रोतले जनाएको छ ।

मागअनुसार महासचिव र कोषाध्यक्षको बर्खास्तीलाई बैठकको एजेण्डा नबनाएको भन्दै १० जनाले उपस्थितिमा हस्ताक्षर नै गरेका छैनन् । असन्तुष्ट १२ जनामध्ये मनिष जोशी देश बाहिर छन् भने सरिला श्रेष्ठ संस्थापनतिर उभिएकी छन् । बैठकमा उपस्थितमध्ये १०/१० जना समुहमा बाडिँएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *