शर्मिला वाइबाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । हिजो (बुधबार) राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनी बोल्न सक्ने अवस्थामै छिन् । तर विष पिउनुको कारणबारे बताउन मानेकी छैनन् ।

उनि केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन् ।

यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन् । त्यतिबेला पनि यही विषयमा गायक राजेश पायल राईले अमान्य प्रश्न गरेको भन्दै पत्रकार माझ विवाद गरेकी थिइन् ।

उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *