आर्मी र संकटाले अंक बाँडे


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् । जारी लिगमा गोलरहित बराबरीमा सकिएको यो पहिलो खेल हो । दुवै टोलीले खेलमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । बराबरीपछि दुवैले समान १ अंक जोडेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *