एनएमबि बैंकको झापाका ९ वटा विद्यालयलाई सहयोग


काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको धुलाबारी क्षेत्रका ९ वटा सामुदायिक विद्यालयहरुलाई १०० वटा डस्टबिन सहयोग गरिएको बैंकले जनाएको छ । समुदायिक विद्याालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनमा बानी बसाल्ने उदेश्यका साथ डस्टबिन सहयोग गरिएको बैंकको भनाइ छ । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो । डस्टबिन हस्तान्तरण कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *