घरमा प्रहरी आएपछि इमरान खान भागे

ईस्लामबाद । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् ।

आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिन अघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरुले इमरान खान माथी मनौबैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् ।

इस्लामाबाद प्रहरीले ट्वीट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सुचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ ।

ट्विटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई नभेटी फर्कनु परेको छ ।’

प्रहरी आफनो घरमा आएपछि इमरान खानले ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र पूर्वसेना प्रमुख जनरल बाजवा माथि गम्भिर रुपमा आक्रोश पोखेका छन ।

उनले जवाफ टविट लेखेका छन्, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ? ‘ यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो ।

इमरान खान पर्सी अर्थात मार्च ७ मा इस्लामावाद अदालतमा हाजिर हुनु पर्ने गरी एउटा अदालतकाे आदेश छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *