माछापुच्छ्रे बैंक र लुलु एक्सचेञ्जबीच सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र लुलु एक्सचेञ्ज बहराइनबीच व्यावसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा र लुलु एक्सचेञ्जका महाप्रबन्धक एडिसन फर्नान्डेजले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बहराइनमा बस्ने नेपालीहरुले लुलु एक्सचेञ्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स माछापुच्छ्रे बेंकका शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *