सगरमाथा लुम्बिनीले फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्दै


काठमाडौं । सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार दुई कम्पनीले एकीकृत कारोबार गर्नको लागि उक्त मिति तय गरेका हुन् । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको साधारण सभाले पारित गरिसकेको छ ।

त्यस्तै, दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतिको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात स्वाप रेसियो क्रमश १००ः८० कायम रहनेछ । साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहरदास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३।३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *