भक्तपुर बचत संघको आयोजनामा आन्तरिक लेखापरिक्षण तालिम


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसिय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा तालिम दिइएको थियो । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी ऐनमै लेखा सुपरिवेक्षण समितिको काम, कर्तव्य र अधिकारको व्यवस्थामा लेखा सुपरिवेक्षण समितिले आन्तरिक लेखापरिक्षण गर्ने वा गराउन सक्ने व्यवस्था रहेको बताए । लेखा सुपरिवेक्षण समितिबाट वा लेखापरिक्षकबाट नियमित आन्तरिक लेखापरिक्षण गराएमा आन्तरिक कारणले उत्पन्न हुने समस्याहरु समयमै निराकरण भई संस्था सुशासन, नीति, विधि र प्रविधमा संचालनमा टेवा पुग्ने उल्लेख गरे । सम्पत्ति शुद्धिकरण निवारणको प्रभावकारी कार्यान्वनको नाउँमा सहकारी ऐन संशोधन प्रस्तावमा २५ लाखको व्यक्तिगत सिमा तोक्ने प्रस्ताव गलत रहेको उनले बताए । संघका संचालक एंव उपसमितिका संयोजक इन्द्र प्रसाद व्यान्जुले आन्तरिक लेखापरिक्षण कार्यमा संस्थालाई टेवा पुगोस् भने उद्देश्यले तालिमको आयोजना गरेको वताए ।

संस्थाको लेखा सुपरिवेक्षण समितिले आन्तरिक सुशासन कायम गराउन ध्यान दिनुपर्ने बताए । व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा देखिएको हालको समस्या समाधान गर्न सहकारी आफ्नै सदस्य माझ गई विश्वासको वातावरण बनाउनुपर्ने बताए । साथै सहकारीका कर्मचारीहरुले सहकारीको विनियम, ऐन कानुनको अक्षरस पालना र सो विपरित कार्य भएमा सचेत र विरोध जनाई सदस्यको बचत सुरक्षामा भुमिका खेल्नुपर्ने विचार उनको थियो । सि. ए. विजय सुकुपायोले सहजिकरण गर्दै सम्भावित जोखिमबाट बच्न र बचाउन आन्तरिक लेखापरिक्षण महत्वपूर्ण रहेकोले सिकेका कुराहरुको व्यवहारिक प्रयोगले मात्र तालिमले सार्थकता पाउने बताए । तालिमको समापन समारोह उपसमितिका सदस्य तुल्सीहरि प्रजापतिले संचालन गरेका थिए । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशि व्यक्त गर्दै तालिमबाट लेखा परिक्षणका क्षेत्र, उपाय र जोखिम न्यूनीकरण लगायतका विषयहरु सिकेको जनाए । तालिममा संघ आबद्ध सदस्य संस्थाहरुका ३२ जना लेखा सुपरिवेक्षण समिति सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *