लुम्बिनी विकासको एटिएम पोखराको रामबजारमा


काठमाडौं । लुम्बिनी विकास बैंकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएम सेवा सुरु गरेको हो । उक्त एटिएमको उद्घाटन पोखरा महानगरपालिका वडा नं.१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले गरेका थिए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको थप एक नयाँ एटिएम को उद्घाटन भएसंगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *