सुर्यविनायक नगरपालिका वडा न ३ मा नगर विकास योजना सम्वन्धि नगर भेला


भक्तपुर । सुर्यविनायक नगरपालिका वडा न ३ वालकोटद्वारा पञ्चवर्षिय आवधिक नगर विकास योजना सम्वन्धि नगर स्थतरिय भेला २०७९ वजेट तर्जुमा योजना विषयमा आवश्यक छलफल गरि कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रमको प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको राजस्व शाखा प्रमुख अनिरुद्र नेपालको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा वडा सदस्य जनक भण्डारी, हेमा दाहाल र विभिन्न सस्थामा आवद्ध हुनु भएका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

साथै उपस्थिति हुनु भएका व्यक्तिहरुवाट सङगठित रुपमा पञ्चवर्षिय योजनाका आवश्यकता एवं समस्या समाधानका उपाय सम्वन्धि विवरण फारममा उल्लेख गरि सम्बन्धित निकायलाई वुझाईएको थियो । हाम्रा सम्वाददाता विश्वनाथ ढुङगेलका अनुसार सुर्यविनायक नगर पालिका वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र के .सि को सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा सभापती एव वडा अध्यक्ष दिपेन्द्र केसिले एस वडामा खानेपानिको अति जरुर रहेकोले एश विषयमा वढि महत्व दिई अगाडि वढ्नेछु र यहांहरु सवैको साथ र सहयोगले मात्र मलाई सेवा गर्ने अवसर मिल्नेछ भनी कार्यक्रम सम्पन गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *