संञ्चित साकोसले मनायो १४ औं स्थापना दिवस


भक्तपुरको भुलाँचामा रहेको संञ्चित बचत तथा ऋण सहकारी संस्थाले १४औं स्थापना दिवस खुल्ला रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना गरी मनाएको छ । संस्थाका अध्यक्ष योगेन्द्र वहादुर खर्वुजाको सभापतित्व एंव संस्थाका कानुनी सल्लाहकार गजेन्द्र शंकर तिमिलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा पुरुष २५ र महिला ९ गरी ३४ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुमा संस्थाले आभार प्रकट गरेको छ।

त्यसैगरी संस्थाले स्थापना दिवसकै अवसरमा मध्यपुर अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क दन्त परिक्षण, जनरल मेडिसिन ,हाडर्जोनी तथा नशा सम्बन्धी परिक्षणका साथै फिजियोथेरापी र आवश्यकता अनुसार औषधी वितरण गरेको संस्थाले जनाएको छ । उक्त शिविरबाट ३१ जना पुरुष र ४२ जना महिला गरि जम्मा ७३ जना सदस्यले स्वास्थ्य परिक्षण तथा ५० जनाले सुगर परीक्षण गराएका थिए । यसका साथै शिविरमा आवश्यकता अनुसार निःशुल्क औषधि पनि वितरण गरिएको संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *