राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा को भए नियुक्ती ?

काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्ती भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई नियुक्ती गरेको हो ।

प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

२०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न सुरु गरेका थिए उनले । खेलाडी भएर मनाङ मस्र्याङ्दी, आरसीटी र मछिन्द्रबाट समेत खेले । उनले झापा ११ बाट राष्ट्रिय लिग पनि खेलेका छन् ।

कटुवालले एएफसी ए लाइसेन्स पूरा गरेपश्चात पहिलो पटक २०७६ सालमा ए डिभिजन लिगमा प्रशिक्षकको जिम्मेवारी बहन गरेका छन् भने मछिन्द्रलाई लागातार २ पटक लिग च्याम्पियन बनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *