ग्लोबल आईएमईका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट


काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकहरुले काठमाडौंभित्र सञ्चालित मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइनेछ । एक पटकको खरिदको १ सय रुपैयाँसम्म र योजना अवधिभर ३ सय रुपैयाँसम्म छुट पाउने जनाइएको छ । यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *